मंगलबार, फागुन ६, २०८१ |Wed Feb, 2025
अक्ल्याण्डको समय: ०२:३६ |सिड्नीको समय: ००:३६ |काठमाडौंको समय: १९:२१

नेपालमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च

एएनजेड खबरफ्रेब्रवरी २०, २०२२

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

साबिकको मूल्यमा अब प्रतिलिटर तीन रुपैयाँले वृद्धि भएकोले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम भएको छ। गत माघ १८ गते पेट्रोलियम पदार्थमको मूल्य बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि यो हालसम्मकै उच्च हो। निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ।

मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको निगमले दाबी गरेको छ। यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको विज्ञप्तिमा भनिएको छ।

तपाइँको प्रतिक्रिया