शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०७ |सिड्नीको समय: १५:०७ |काठमाडौंको समय: १०:५२

एमसीसी संवादबाट पास–फेल जे भए पनि स्वीकार गर्छौँ : प्रधानमन्त्री

एएनजेड खबरफ्रेब्रवरी १७, २०२२

काठमाडौं – प्रधानमन्त्री शेरबहादुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताएका छन् ।
बिहीबार बालुवाटारमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ सार्वजनिक गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले पार्टी र संसदीय दलले सर्वसम्मत निर्णय गरेकाले एमसीसी संसद्मा टेबल गर्ने र नतिजा स्वीकार गर्ने स्पष्ट पारे।
“हामी एमसीसी परियोजना संसद्मा टेबल गर्न चाहन्छौँ, पास–फेल जे हुन्छ स्वीकार्छौँ,” उनले भने, “पास हुन्छ कि फेल हुन्छ थाहा छैन । हामीले निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,” उनले भने ।

तपाइँको प्रतिक्रिया