शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:१४ |सिड्नीको समय: २१:१४ |काठमाडौंको समय: १६:५९

काँग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

एएनजेड खबरफ्रेब्रवरी ११, २०२२

काठमाडौं – नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो । यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएको थियो ।
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

तपाइँको प्रतिक्रिया