शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:५२ |सिड्नीको समय: १५:५२ |काठमाडौंको समय: ११:३७

रहिनन् गायिका लता मंगेशकर

एएनजेड खबरफ्रेब्रवरी ६, २०२२

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो
मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।
मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो।
आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।
मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभुषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन्।

तपाइँको प्रतिक्रिया