शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३२ |सिड्नीको समय: १९:३२ |काठमाडौंको समय: १५:१७

महिला अस्ट्रेलियन ओपन २०२२ को उपाधी एश बार्टीले जितिन्

एएनजेड खबरजनवरी ३१, २०२२

काठमाडौं– अस्ट्रेलियाली टेनिसमा रहेको चार दशक यताको कमीलाई एश बार्टीले पुरा गरेकी छिन् । विश्व नम्बर एक महिला टेनिस खेलाडी एश बार्टीले अस्ट्रेलियन ओपन प्रतियोगिता जितेकी छिन् । उनी यो प्रतियोगिता जित्ने आदिवासी पृष्ठभूमिकी दोस्रो प्रतिस्पर्धी समेत हुन्।
शनिवार भएको फाइनल खेलमा एश बार्टीले विश्व नम्बर एक बार्टीले अमेरिकाको ड्यानियल कोलिन्सलाई ६-३, ७-६ (७/२) ले हराएर अस्ट्रेलियालाई खुशी दिइन् ।
१९७८ मा अस्ट्रेलियन ओपन जित्ने अन्तिम घरेलु खेलाडी क्रिस ओ’निल थिइन् । त्यसको ४४ वर्षपछि बार्टीले घरेलु कोर्टमा उपाधि जितिन् ।
योसँगै २५ वर्षकी बार्टी अहिलेसम्मकै महान् खेलाडीहरूको सूचिमा समेत दरिन पुगेकी छिन्।

तपाइँको प्रतिक्रिया