शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२४ |सिड्नीको समय: २०:२४ |काठमाडौंको समय: १६:०९

नयाँ बर्ष कप २०२२ को उपाधी क्यानवेरा नेप्लिज फुटबल क्लबले जित्यो

एएनजेड खबरजनवरी ३०, २०२२

काठमाडौं– अंग्रेजी नयाँ बर्ष २०२२ को उपलक्ष्यमा क्यानवेरा नेप्लिज फुटबल क्लब ( CNFC) को आयोजनामा ‘एस एण्ड एस र राइटस एण्ड एसोसियटस नयाँ बर्ष कप २०२२’ क्यानवेराको एएनयु (ANU) फुटबल मैदानमा हिजो सम्पन्न भएको छ । उक्त फुटबल खेलमा क्यानवेरा नेप्लिज फुटबल क्लब ( CNFC) ले अचोस फुटबल क्लव (Achos FC)लाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको थियो ।
विजय हासिल गर्ने क्यानवेरा नेप्लिज फुटबल क्लब ( CNFC) ले नगद अष्ट्रेलियन डलर १००० सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता अचोस फुटबल क्लव (Achos FC )ले नगद अष्ट्रेलियन डलर ५०० सहित शिल्ड तथा मेडल प्राप्त गरेको थियो ।
लिग कम नटआउटको आधारमा खेलाईएको फुटबल खेलमा प्रतियोगिता अवधिभरका आधारमा उत्कृष्ट डिफेन्डर क्यानवेरा नेप्लिज फुटबल क्लबका निराजन प्रधान घोषित गरिएका थिए भने उत्कृष्ट खेलाडी क्यानवेरा नेप्लिज फुटबल क्लबबाटै वबीन पौडेल घोषित गरिएका थिए । त्यसैगरी उत्कृष्ट गोल रक्षक भुक्यान एघार (Bhucan XI) बाट मिग्मा छीरीड्ग भएका थिए भने नेपाल युनाईटेडका हेमन गुरुङले प्रतियोगिता अवधि भरमा ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।


प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि अष्ट्रेलिया स्थित नेपाली राजदुताबासबाट निर्मल भट्टराई हुनुहुन्थ्यो भने अध्यक्षता आयोजक क्लब क्यानवेरा नेप्लिज फुटबल का अध्यक्ष सुरज पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम अवधिभर स्वयंसेवक भुमिका क्लवका रामकृष्ण कार्की, सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतले निर्वाह गर्नुभएको थियो । त्यस्तै गरेर प्रतियोगितामा मनोज संजेल, विर पोडार , केदार क्षेत्री लगायतका साथीहरुले सहायक रेफ्रीको भुमीका निर्वाह गर्नु भएको थियो ।
कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव प्रधुम्न दाहाल गर्नुभएको थियो । आयोजक क्यानवेरा नेप्लिज फुटबलले एक विज्ञप्ती जारी गर्दै खेल अवधीभर सहयोग गर्ने सम्पूर्ण विज्ञापनदाता, स्वयंसेवक, खेलाडीहरू तथा अतिथिहरुलाई हार्दिक धन्यबाद तथा कृतज्ञता प्रकट गरेको छ ।

तपाइँको प्रतिक्रिया