मंगलबार, वैशाख ९, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०६:२५ |सिड्नीको समय: ०४:२५ |काठमाडौंको समय: ००:१०

मोरिससमाथि नेपालको जित

एएनजेड खबरजनवरी ३०, २०२२

काठमाडौं – नेपाल र मोरिसस विचको मैत्रीपूर्ण फुटवल खेलमा नेपालले जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा विमल धर्ति मगरको एक मात्र गोल निर्णयक वऱ्यो । सुमन लामाले दिएको पासमा विमलले ५५ मिनेटमा गोल गरेका हुन्।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ। शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो। 

सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो।

तपाइँको प्रतिक्रिया