शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:०६ |सिड्नीको समय: ०१:०६ |काठमाडौंको समय: २०:५१

नेपालमा २४ घण्टामा थप ८०१७ जनामा कोरोना संक्रमण

एएनजेड खबरजनवरी २७, २०२२

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो । बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ ।

तपाइँको प्रतिक्रिया