शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०८ |सिड्नीको समय: १५:०८ |काठमाडौंको समय: १०:५३

मंगलबारदेखि टेकु अस्पतालमा खोप अभियान पुन: सञ्चालनमा आउने

एएनजेड खबरजनवरी २५, २०२२

काठमाडौं – मंगलबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान पुन: सञ्चालनमा आउने भएको छ ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो ।

तपाइँको प्रतिक्रिया