शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:४७ |सिड्नीको समय: २०:४७ |काठमाडौंको समय: १६:३२

नेपालमा एक लाख ६८ हजारले बुस्टर डोज लगाए

एएनजेड खबरजनवरी २५, २०२२

काठमाडौं –  नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् । काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यका बाहिरका केही जिल्लामा सुरु गरिएको छ ।

सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म एक लाख ६८ हजार ९६९ जनाले बुस्टर डोज लगाएका छन् । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानमा दुवै डोज लगाएका व्यक्तिलाई बुस्टर डोज लगाइएको हो । दुवै डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये एक करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् भन एक करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्णमात्रा अर्थात दुई डोज लगाएका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

देशभर खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया