शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:१८ |सिड्नीको समय: १९:१८ |काठमाडौंको समय: १५:०३

अब ‘मिदास ई-क्लास’ मोबाइल र वेब एपमा पनि उपलब्ध

एएनजेड खबरजनवरी २५, २०२२

काठमाडौं – मिदास एजुकेसन प्रालिले ‘मिदास ई-क्लास’को मोबाइल र वेब एप संचालनमा ल्याएको छ। उक्त सुविधामार्फत नर्सरी देखि कक्षा ११ कक्षासम्मका विद्यार्थीहरूले अब अनलाइन प्रविधिबाट पढ्न सक्नेछन्। 

यसमा विद्यार्थीहरूका लागि एनिमेटेड भिडिओ, पावर पोइन्ट प्रिजेन्टेसन, क्विज तथा गेम र नोटहरू उपलब्ध हुने कम्पनीले बताएको छ। यो उपकरणको प्रयोग गरी विद्यार्थीहरूले मन लागेको बेला चलचित्र हेरे जसरी र भिडिओ गेम खेले जसरी स्वअध्ययन गर्न सक्नेछन्।  अहिले कोभिडको कारण घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास ई-क्लास’ ले पाठ्यक्रममा आधारित विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो बनाएको कम्पनीको दाबी छ।
 

विद्यार्थीहरूलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास ई-क्लास’ मा स्वमूल्यांकन मक परिक्षा तयारीको पनि व्यवस्था गरिएको छ। साथै, विभिन्न विषयमा प्रतियोगिता गराउँदै पढाइन्छ। 

विद्यार्थीहरूले नजानेका प्रश्नहरू जतिबेला पनि मिडस एक्लस्सबाट शिक्षकहरूसँग भिडियओमा च्याटमार्फत सोध्न सक्नेछन्।विद्यार्थीहरूलाई सिकाउनकालागि दुई सिफ्टमा, बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म दक्ष शिक्षकहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।

यो सेवा कसरी लिने? 

१. गुगल प्लेस्टोरमा गएर MiDas eCLASS डाउनलोड गर्ने वा लिंकमा क्लिक गरेर एप डाउनलोड गर्ने

२. आफुले चाहेको कक्षा छानेर MiDas eCLASSमा साइन-अप गर्ने 

३. iDas eCLASS मा गएर आफूले चाहेको विषय आफै वा शिक्षकसँग पढ्न सकिन्छ

४. iDas eCLASS प्रयोग गर्न मद्दत आवश्यक भएमा सो एपमा भएको सपोर्ट आइकनमा गएर जुम, ह्वाट्सएप, भाइबर, फझद्द वा च्याटमार्फत डस एक्लस्सबामा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सम्पर्क गर्न सकिन्छ। 

तपाइँको प्रतिक्रिया