शनिबार, जेठ ३२, २०८२ |Sat Jun, 2025
अक्ल्याण्डको समय: १९:४८ |सिड्नीको समय: १७:४८ |काठमाडौंको समय: १३:३३

टीजीएद्वारा अस्ट्रेलियामा नोभाभ्याक्स खोप र एन्टी– भाइरल चक्की प्रयोग गर्न स्वीकृत

एएनजेड खबरजनवरी २०, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियाको औषधी नियामक निकाय थेराप्यूटिक गुड्स एड्मिनिसट्रेशनले (टीजीए) कोभिड–१९ विरुद्धको नोभाभ्याक्स खोपलाई अस्ट्रेलियामा प्रयोग गर्नका स्वीकृति प्रदान गरेको छ । साथै सरकारले ५ करोड १० लाख मात्राहरू मगाएको छ।
त्यस्तै, टीजीएले कोभिडका कमजोर बिरामीहरूले मुखबाट प्रयोग गरिने दुई वटा भाइरस प्रतिरोधी एन्टी–भाइरल उपचार प्रयोग गर्न पाउने भन्दै केही समयको लागि स्वीकृति दिएको छ।
प्याक्सलोभिड र मोल्नुपिराभिर नाम गरेका ती दुई एन्टी भाइरल चक्कीहरू आउँदा केही हप्ताभित्र अस्ट्रेलिया आइपुग्ने सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताएका छन्।
अस्ट्रेलिया भर पछिल्लो २४ घण्टामा कोभिड– १९ का कारण ४९ जनाको ज्यान गएको छ।

तपाइँको प्रतिक्रिया