शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:०३ |सिड्नीको समय: २०:०३ |काठमाडौंको समय: १५:४८

खेलकुदमन्त्रीद्धारा बक्सिङ टिमलाई बिदाई

एएनजेड खबरजनवरी १८, २०२२

काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नुभएको छ ।

जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गईरहेको ASBC U22 Man and Women’s Boxing championship प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री अथकले बिदाई गर्नुभएको हो ।

प्रतियोगिताकालागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो । बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठूलो आशा गरेको बताउँदै मन्त्री अथकले भन्नुभयो, “पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।”

एसियाका ३० देश सहभागी हुने अण्डर २२ बक्सिङ प्रतियोगिताकालागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नबिन तण्डुकारको टिम उजेकीस्तान जान लागेको हो । तामाङले ४८ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिनुभयो । नेपाली टिम टर्किस एयरबाट मंगलबार राती ११ बजे उजेकिस्तान जाने कार्यक्रम रहेको छ ।

बिदाई कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया