नेपालमा २४ घण्टामा थप ६७३४ जनामा संक्रमण पुष्टि
एएनजेड खबरजनवरी १७, २०२२
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2022/01/covid-update-social-cover-anz-1024x538.jpg)
काठमाडौं– पछिल्लो थप २४ घण्टामा नेपालमा थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
तपाइँको प्रतिक्रिया