सोमबार, वैशाख ८, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०५:२९ |सिड्नीको समय: ०३:२९ |काठमाडौंको समय: २३:१४

एपीएफले जित्यो टाइगर कपको उपाधी

एएनजेड खबरजनवरी १५, २०२२

पोखरा – त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा एपीएफले आर्मीलाई ३-० को सेटमा पराजित गर्दै लिग चरणमा बेहोरेको हारको बदला समेत लियो । एक पक्षीय जस्तै बनेको फाइनलमा एपीएफले आर्मीलाई २५-२३, २५-१५, २५-२० ले हरायो ।

तपाइँको प्रतिक्रिया