शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०८ |सिड्नीको समय: १५:०८ |काठमाडौंको समय: १०:५३

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा बस्नेत नियुक्त

एएनजेड खबरजनवरी ६, २०२२

काठमाडौं – राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए । सोही समितिको सिफारिसको आधारमा मन्त्रीपरिषद्को बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्ष पदमा नियुक्तिका लागि १२ जनाले आवेदन दिएका थिए ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।

तपाइँको प्रतिक्रिया