शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४३ |सिड्नीको समय: १५:४३ |काठमाडौंको समय: ११:२८

कांग्रेस केन्द्रीय सदस्यमा गुरुङ, पौडेल र शाही मनोनित

एएनजेड खबरजनवरी २, २०२२

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।
१४ औं महाधिवेशनमा गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।
यस अघि देउवाले दश जनालाई केन्द्रीय सदस्यमा मनोनय गरिसकेका छन् ।

कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ । 

तपाइँको प्रतिक्रिया