बुधबार, कार्तिक ७, २०८१ |Wed Oct, 2024
अक्ल्याण्डको समय: १३:१५ |सिड्नीको समय: ११:१५ |काठमाडौंको समय: ०६:००

गैरआवासीय नेपाली संघको निर्वाचन गर्न परराष्ट्रमन्त्री खड्काको निर्देशन

एएनजेड खबरजनवरी २, २०२२

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को निर्वाचन गर्न परराष्ट्र मन्त्री नारायण खड्काले निर्देशन दिएका छन् ।

शुक्रबार संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए । भेटमा गैरआवासीय नेपाली संघका पन्तले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गरेका थिए । साथै पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताएका थिए ।

प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया