शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३७ |सिड्नीको समय: १९:३७ |काठमाडौंको समय: १५:२२

महान खेलाडि पेले अस्पताल भर्ना

एएनजेड खबरडिसेम्बर ९, २०२१


रियो दि जेनेरियो । महान फुटबल खेलाडी पेले पेटको ट्युमरको उपचार गर्न अस्पताल भर्ना भएका छन् ।

८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थियो । केमोथेरापी आवश्यक पर्ने भएकाले अस्पताल भर्ना गरिएको हो । ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालका अनुसार पेलेको अवस्था स्थिर छ, उनी चाँडै डिस्चार्ज हुनसक्छन् ।

तीन पटकसम्म विश्वकप विजेता पेलेको सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी भएको थियो । त्यसपछि चाहिँ उनी गुमनाम झैं थिए । प्रोस्टेट र मिर्गौला समस्याले समेत उनलाई गाँजेको छ । केही हदसम्म विरामीकै कारण उनी अवसाद र निराशाको पनि शिकार भएका थिए ।

पेलेले आफ्नो २१ वर्षसम्म व्यवसायिक फुटवलमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाइसकेका छन् ।

तपाइँको प्रतिक्रिया