शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३८ |सिड्नीको समय: १९:३८ |काठमाडौंको समय: १५:२३

मेलबर्नको वेरोबी स्थित घरमा भएको आगलागीमा ४ बालबालिकाको निधन

एएनजेड खबरनोभेम्बर २१, २०२१
This image has an empty alt attribute; its file name is 1810b19b90806e472ea9bab91e9f1554-1024x578.webp


मेलबर्नको दक्षिण–पश्चिममा वेरीबीमा एउटा घरमा आगलागी हुँदा चार स–साना बालकको मृत्यु भएको छ ।


आइतबार बिहान एक बजे आगो लागेपछि प्रहरी घटनास्थल पुगेको थियो । आगो निभाउन ४० जना अग्नी नियन्त्रक खटिएका थिए ।
प्रहरीलाई सुरुमा बच्चाहरु बेपत्ता भएको आशँका थियो, तर अब उनीहरु आगोमै जलेर मरेको पुष्टी भइसकेको छ ।


मर्नेहरुमा एक जना १० वर्ष र अर्का ३ वर्षका बालक छन् भने एक ६ वर्षीया र अर्की एक वर्षीया बालिका छन् ।
अहिले प्रहरीले आगो लाग्नुको कारण अनुसन्धान गरिरहेको छ । भिक्टोरिया प्रहरीका तर्फबाट जारी गरिएको विज्ञप्तिका अनुसार आगलागीका कारण एकजना पुरुष, महिला र अर्का एकजना आठ वर्षिय बालकलाई अस्पतालमा लगिएको छ ।


प्रहरीका प्रवक्ताका अनुसार आगलागी नियन्त्रक दस्ता घटनास्थलमा तैनाथ गरिएको छ, तर कारण चाहिँ संदिग्ध थियो कि थिएन भन्ने अझै पत्ता लाग्न सकेको छैन ।
कन्ट्री फायर अथोरिटीका एक कमान्डर डेविड क्लेन्सीका अनुसार दमकल पुग्दासम्म आगो पुरै घरभरी फैलिइसकेको थियो, जसमा अग्निनियन्त्रणक भित्र छिर्न असमर्थ भए ।


‘छत भत्किएकाले घरभित्र छिर्न कठिनाइ भयो’, क्लेन्सीले भने, ‘अग्नीनियन्त्रकका लागि भित्र पस्नु नै खतरा भयो । यी चार बच्चाको हालत निकै दुःखद थियो, जो आगोमा जलेर मरे ।’
वेरीबी फायर बिग्रेडका एक लेफ्टीनेन्ट डेमियन मोलायका अनुसार भत्कीएको छत र आगोको तिब्रताले चालक दललाई सुरुमा घरभित्र पस्न मुश्कील खडा ग¥यो ।


‘माता पिता र आठ वर्षका एक बच्चा अस्पतालमा सँकटसँग जुझीरहेकाले यथार्थ जानकारी पाउन निकै मुश्कील छ, ताकि हामी आफ्नो खोजमा ध्यान केन्द्रित गर्न सकौं’, मोलायले भने ।


मोलायका अनुसार जबसम्म संकटकालीन सेवाहरु घटनास्थलमा थिए, तबसम्म आगो निभाउन एकजना छिमेकीले आफुले सक्नेजति सहयोग गरे ।


जब अग्नी नियन्त्रक घटनास्थलमा पुगे, त्यसपछि उनीहरुको सामना छतबाट खसीरहेका टायलहरुसँग भयो, यसले नै आगो निभाउने काममा बाधा उत्पन्न ग¥यो । यद्यपी, अग्नी नियन्त्रकहरु आगलागी अन्य घरहरुमा फैलनबाट रोक्न चाहिँ सफल भए ।

तपाइँको प्रतिक्रिया