शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:१९ |सिड्नीको समय: १९:१९ |काठमाडौंको समय: १५:०४

एनआरएनमा पन्तको एकतर्फी घोषणा बिबादमा, प्रतिनिधि बिबाद समाधान नगरि निर्वाचन गर्न नहुने आचार्य पक्षको अडान

एएनजेड खबरनोभेम्बर २१, २०२१
This image has an empty alt attribute; its file name is NRNA1626851315.jpg

गैरआवासीय नेपाली संघ (एनआरएन)को दशौं महाधिवेशनबारे काम चलाउ अध्यक्ष कुमार पन्तले आफुखुसी मिति घोषणा गरेपछि संघमा चर्को बिबाद उत्पन्न भएको छ । अधिकांश सदस्यले छलफल र सहमति बिना गरिएको घोषणाप्रति आपत्ति जनाएका छन् ।


एनआरएनमा प्रतिनिधि छनौट विवाद अझै समाधान हुन सकिरहेको छैन । तर, कुमार पन्त पक्ष चाहिँ जसरी भए पनि दशौं महाधिवेशन गर्नैपर्ने जिद्दीमा देखिन्छ ।
प्रतिनिधि छनौटमा जसले धाँधली गरेको आरोप लागेको छ, सोही पक्ष आफ्नो जितको सपना देख्दै महाधिवेशन गर्ने हतारोमा देखिएपछि धाँधलीकै आशँका बढेको छ ।


जिम्मेवार पँक्ति चाहिँ हचुवाका भरमा विबाद समाधान नगरी महाधिवेशन आयोजना गर्दा थप जटीलता उत्पन्न हुनसक्ने कुरामा चिन्तीत देखिन्छ ।
शुक्रबार एनआरएनका कामचलाउ अध्यक्ष कुमार पन्तले १५ डिसेम्बर २०२१ मा अनलाइन माध्यमबाट चुनाव गरी डिसेम्बर १९ र २० मा काठमाडौँमा दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन गरिने दाबी गरेका थिए ।


यति मात्र हैन, परराष्ट्र मंत्री डा. नारायण खड्कासँग पटक पटक वार्ता भएको उनको जिकिर थियो । तर, मन्त्रीले चुनावको सहमती भने दिएका थिएनन् । पन्तले सफेद झूठ प्रचार गर्दै चुनावको मिति नै घोषणा गरेपछि अर्को पक्ष आक्रोशित भएको छ ।

This image has an empty alt attribute; its file name is kk-kul-kum-6.jpg


पन्तको दाबीको खण्डन गर्र्दै एनआरएनका सल्लाहकार एवं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धि विवाद समाधान गरेर मात्रै निर्वाचन गराउनु पर्ने अडान राखेका छन् ।
आफु छिटोभन्दा छिटो चुनाव गराउनुपर्ने पक्षमा रहेको स्पष्ट पार्दै उनले पत्रकारहरुसँग भनेका छन्, ‘हामी चुनावका लागि बिलकुल तयार छौं । चुनाव अविलम्ब हुनुपर्छ भन्नेमा दुइमत छैन । तर, प्रतिनिधि छनोट विवादको हल गरेर मात्र चुनावमा जानु उपयुक्त हुन्छ भन्ने हाम्रो अडान हो ।’


धाँधलीका बारेमा परराष्ट्रमा परेको उजुरी र परराष्ट्र मन्त्रालयले दिएको लिखित निर्देशनलाई सम्बोधन नगरी एकपक्षीय रुपमा चुनावको मिति घोषणा गर्नु गैर जिम्मेवारीपन भएको आचार्यले स्पष्ट पारे ।


आचार्यले अक्टोबरमा सम्पन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाको निष्कर्ष बमोजिम प्रतिनिधि छनोट सम्बन्धी विवाद समाधान गर्दै निर्वाचन समितिसँग समन्वय गरी चुनाव गराउन संरक्षक परिषद्लाई जिम्मा दिनुपर्ने माग पनि गरेका छन्।


एनसीसी चुनावमा एमआइएस प्रणालीको व्यापक दुरुपयोग भएको आचार्यले स्मरण गरे । यसविरुद्धका उजुरीको सम्बोधन गरी स्वतन्त्र, निष्पक्ष र विश्वसनीय चुनाव हुनुपर्ने उनले बताए ।

संघमा महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले परराष्ट्र मन्त्रालय, उजुरीकर्ता तथा अध्यक्ष पदका उम्मेदवारहरुसँग छलफल गरेर सहमतिको बाटो खोजिनुपर्ने आग्रंह गरेका छन् ।


संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले प्रतिनिधि विवादको टुंगो नलगाई सहमति र मतदाता नामावलीबिनै अधिवेशनको मिति तोक्नु गलत भएको बताएका छन् ।


फेसबुकमार्फत उनले भनेका छन्, ‘यो विवादले अर्को मिति पनि तोकिनसक्ने खतरालाई निम्त्याउन पनि सक्छ । यसैले विचार गरेर ठण्डा दिमागले सोचेर मात्र कदम चाल्न सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

तपाइँको प्रतिक्रिया