शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:२३ |सिड्नीको समय: २१:२३ |काठमाडौंको समय: १७:०८

नेपाली मूलका प्रिन्सा र दिपेन्द्रले जिते न्यू साउथवेल्सको नेचुरल बडी बिल्डीङ’ च्याम्पियनमा स्वर्ण पदक

एएनजेड खबरनोभेम्बर १०, २०२१
This image has an empty alt attribute; its file name is Untitled-design-12.jpg


नेपाली बडी बिल्डर प्रिन्सा श्रेष्ठ दोश्रो पटक पनि न्यू साउथ वेल्सको ‘अस्ट्रेलिया नेचुरल बडी बिल्डीङ् –एएनवी)’ प्रतियोगितामा ‘स्टेट च्याम्पियन भएकी छिन् ।

त्यसैगरी बडी विल्डर दिपेन्द्र क्षेत्रीले पनि तीन स्वर्ण सहित ‘मेन्स फिटनेस ओभरअल’मा स्टेट च्याम्पियनसीपको उपाधि हासिल गरेका छन् ।

नोभेम्बर ६ मा सिड्नीको रुटीहिलमा भएको प्रतियोगितामा प्रिन्साले ‘बिकनी ओपेन क्लास’मा स्वर्णपदक जितेकी हुन् । यही च्याम्पियनसिपमा उनले बिकिनी नोभिस र बिकिनी ओभर २५ मा रजत पदक पनि जितिन् ।

सोही प्रतियोगितामा दिपेन्द्र क्षेत्रीले एएनवी मेन्स फिटनेस नोभिस, एएनबी मेन्स फिटनेस २५ वर्ष माथि र एएनबी मेन्स फिटनेस ओपनका तीनवटै प्रतिस्पर्धामा स्वर्ण पदक हात पार्न सफल भएका छन् ।

क्षेत्रीले यस अघि पनि आइसीएन फेडेरेसनको बडी बिल्डीङ् च्याम्पियनमा सहभागी भएर ४ स्वर्ण सहित आईसिएन मेन्स फिटनेस ओभरअल च्याम्पियन जितेका थिए ।


बुटवल स्थायी घर भएका क्षेत्रीले यो प्रतिस्पर्धामा भाग लिएर ४ वटा स्वर्ण जित्दाको खुसीलाई शब्दमा बयान गर्नै नसकेको एएनजेड खबरसँगको कुराकानीमा बताए । भर्खर सिड्नी लकडाउनबाट सामान्य अवस्था तर्फ फर्कदै गर्दा यो प्रतिस्पर्धामा सहभागी हुनुपर्ने थियो, त्यसैले प्रतिस्पर्धाको तयारीका लागि मसँग घरमा जिमको सेटअप समेत थिएन । त्यसैले घर नजिकैको पार्कमा गएर मैले नियमित कडा मिहेनत गर्थे, जसको प्रतिफल आज ४ वटा स्वर्ण पदक पाएको छु ’ क्षेत्रीले भने ।

This image has an empty alt attribute; its file name is 254137731_261448642569984_4963242800908327828_n-1-970x1024.jpg



उता बिकिनी ओपेन क्लासमा स्वर्ण पदक जित्न सफल प्रिन्साको समस्यापनि क्षेत्रीसँग मेल खाने थियो । ‘मेरो तयारी असाधारण थियो, किनकी लकडाउनका बेला निकै सिमित जिम उपकरणका साथ अभ्यास गरेकी थिएँ’, प्रिन्साले एएनजेड खबरसँग भनिन् ।

हालसम्म प्रिन्साले पाँचवटा प्रतियोगितामा भाग लिइसकेकी छिन् । स्टेट च्याम्पियन भएको दोश्रो पटक हो । दुई वर्षअघि न्यू साउथ वेल्स स्टेट च्याम्पियनसिप अन्तर्गत प्रिन्साले फिटनेस मोडेल ओपन क्लासमा स्वर्णपदक जितेकी थिइन् । सोही च्याम्पियनसिपमा ओभरअलतर्फ उनी उपविजेता पनि बनिन् ।

सन् २०१८ मा भएको ‘सिड्नी इन्टरनेसल सुपर शो’ पहिलो प्रतियोगिता थियो, जसमा उनी दोश्रो भएकी थिइन् । सो प्रतियोगितामा उनले तीनवटा पदक जितेकी थिइन् ।

दोस्रो प्रतियोगिता ‘सिड्नी इन्टरनेसनल’मा प्रिन्साले स्पोर्टस् मोडल फस्र्ट टाइमरमा तेस्रो र फिटनेस मोडल नोभिसमा चौथो स्थान प्राप्त गरेकी थिइन् । अस्ट्रेलियन नेसनल्स २०१८ मा पनि उनले स्पोर्टस् मोडल नोभिसमा तेस्रो स्थान ल्याएकी थिइन् ।

‘यही सफलतापछि ममा कुनै हालतमा स्टेट च्याम्पीयन बन्ने हौसला बढेको हो’, उनी भन्छिन् । अन्ततः न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपमा उनले लगातार दुईपटक स्वर्णपदक जितिन् ।

सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएकी प्रिन्साले एकाउन्टिङ कोर्सको पढाइ सकेर अस्ट्रेलियाको ‘पीआर’ पाएपछि मात्र खेलकूदमा भिडेकी हुन् । प्रिन्साको लक्ष्य छ, ‘प्रो कार्ड’ पाउने र नेपालको प्रतिनिधित्व गर्दै विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुने ।


प्रिन्साले आफ्नो जितका लागि प्रशिक्षक श्रीजन महर्जनको योगदानप्रति धन्यबाद दिएकी छिन् । आफूलाई शारीरिक सुगठनमा लाग्न प्रशिक्षक श्रीजन महर्जनले हौसला दिएको उनी बताउँछिन् । प्रशिक्षक महर्जनको परामर्शले आफ्नो आत्मविश्वास बढाएकाले एकपछि अर्को सफलता पाएको उनको अनुभव छ ।




तपाइँको प्रतिक्रिया