शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३० |सिड्नीको समय: २०:३० |काठमाडौंको समय: १६:१५

अष्ट्रेलियाका लागि ७४ टेष्ट खेलिसकेका क्रिकेटर पक्राउ, घरेलु हिंसाको आरोप

एएनजेड खबरअक्टोबर २२, २०२१
This image has an empty alt attribute; its file name is 3280.jpg


सिडनी । अष्ट्रेलियाका पूर्व क्रिकेटर माइकल स्लेटरलाई घरेलु हिंसाको आरोपमा सिडनी पक्राउ गरिएको छ ।

स्थानीय मीडियाका अनुसार गत साता भएको एक घटनाका सम्बन्धमा स्लेटरको गिरफ्तारी भएको हो । सिडनीको उत्तरी समुद्री तटबाट एक ५१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको न्यू साउथवेल्स प्रहरीले पनि पुष्टी गरेको छ ।

‘१२ अक्टुबरमा भएको एक कथित घरेलु हिंशाको घटनाका रिपोर्ट पाउनासाथ पूर्वी उपनगर प्रहरी क्षेत्र कमाण्डसँग सम्बन्धित अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन्’, प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीका अनुसार अनुसन्धानकर्ता विहान ९ बजेर २० मिनटमा म्यान्लीको एक घरमा गए र स्लेटरसँग कुराकानी गरे । त्यसपछि स्लेटरलाई पक्राउ गरी म्यान्लीको प्रहरी चौकी ल्याइयो ।

स्लेटर अष्ट्रेलियाबाट टेस्ट क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान थिए । सन् २००४ मा क्रिकेटबाट सन्यास लिएका उनले टेस्छमा ५ हजार ३ सय १२ रन बनाएका थिए ।

यी पूर्व अष्ट्रेलियाली ओपनरले अष्ट्रेलियाका तर्फबाट सन् १९९३ देखि सन् २००१ सम्म ७४ टेष्ट र ४२ अन्र्तराष्ट्रिय वान डे म्याच खेले । उनी बिगत १५ वर्षदेखि कमेन्ट्री प्यानलमा आवद्ध थिए । गत महिना अष्ट्रेलियाको ‘सेवन नेटवक्र क्रिकेट’ले उनलाई कमेन्ट्री टिमबाट हटाएको थियो, जहाँ उनी तिनवर्ष सम्बद्ध थिए ।







तपाइँको प्रतिक्रिया