दलसम्बन्धी अध्यादेश खारेज, मन्त्रीपरिषद विस्तारको ढोका खुल्यो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश (दोस्रो संशोधन) २०७८ खारेज गरेकी छन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले अध्यादेश खारेजीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले संसदीय दल वा केन्द्रिय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने ढँगले गत १ भदौमा यो अध्यादेश ल्याएको थियो ।
अध्यादेशका कारण आफ्नो दल विभाजन हुनसक्ने भयले जनता समाजवादी पार्टी सरकारमा सहभागी भइरहेको थिएन । अर्कोतिर नेकपा(एकिकृत) समाजबादी चाहिँ अध्यादेश खारेज गर्ने पक्षमा थिएन ।
संसदमा टेबल भएको यो अध्यादेश पारित हुन सकिरहेको थिएन, जसले गर्दा मन्त्रीपरिषद विस्तारमा विलम्ब भइरहेको थियो ।
अध्यादेश रद्द गर्न परेको रिटमा सर्वोच्चले अन्तरीम आदेश नदिएपछि अध्यादेश फिर्ता लिन सत्तारुढ दलहरु सहमत भएका थिए ।
अध्यादेश खारेजीसँगै मन्त्रीपरिषद विस्तारको ढोका खुलेको छ ।
बुधवारसम्म मन्त्रीपरिषद विस्तारले पूर्णता पाउने बताइएको छ ।
तपाइँको प्रतिक्रिया