शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४४ |सिड्नीको समय: १५:४४ |काठमाडौंको समय: ११:२९

गगन थापाले गरे कांग्रेस महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा

एएनजेड खबरअगस्ट ३०, २०२१

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् I

उनले आफूले तामझाम गरेर अथवा सम्पर्क कार्यालय खोलेर उम्मेद्धवारी घोषणा गर्नेभन्दापनि जनताकै बीचमा उभिएर घोषणा गरेको सुनाए । उनले भने,‘मैले तपाईँहरुलाई साक्षी राखेर उम्मेद्धवारी घोषणा गरेको छु । मैले यहाँबाट घोषणा गर्दा विगतमा पनि सफलता प्राप्त गरेको छु । आशा छ, यसपटक पनि म सफल हुन्छु ।’

This image has an empty alt attribute; its file name is 1596947870-fjXnj-1024x629.jpg



थापाले आफ्नो दावेदारीको आधार आफ्ना नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको स्पष्ट पारे । उनले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको पनि जनाए ।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए ।उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित भएका थिए ।
थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।

तपाइँको प्रतिक्रिया