भिक्टोरियाबाट एनआरएन निर्वाचनका लागि ‘साझा एनआरएनए, सवल एनआरएन’समूहको उम्मेदवार घोषणा,संयोजक उम्मेदवारमा खड्का
एनआरएनए अस्ट्रेलियाको आउँदो जुलाई ३१ तारिखका दिन हुने निर्वाचनका लागि भिक्टोरिया राज्यमा रहेका लोकतान्त्रिक पक्षधरहरुले ‘साझा एनआरएनए, सवल एनआरएनए’ समूहको तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार मेलर्वनमा लोकतन्त्रवादीहरुद्वारा आयोजित विशेष भेलाले एनआरएनए भिक्टोरिया राज्यका लागि संयोजक सहितका उम्मेदवारहरु घोषणा गरिएको एएनजेड खबर संवाददाताले जनाएका छन् ।

सो समूह घोषणा कार्यक्रममा जानकारी दिइए अनुसार भिक्टोरिया स्टेटको संयोजक पदमा हरि खड्काले उम्मेदवारी दिने भएका छन् भने उपसंयोजकमा नारायण कटुवाल रहेका छन् । सचिव पदमा गणेश कँडेल, सहसचिव पदमा दिपक अधिकारी, कोषाध्यक्षमा हेमराज पौडेलले उम्मेदवारी दिने घोषणा गरिएको छ ।
राज्य समिति सदस्यका उम्मेदवारहरुमा जीवन आचार्य, चिरञ्जीवी पोखरेल, प्रिती राना थापा, बवि लामा र विजय दाहाल रहेका छन् ।
भिक्टोरिया राज्य युवा संयोजकमा मनिश नेपाल, उपसंयोजकमा शसेन्द्र केसी, युवा सदस्यका उम्मेदवारहरुमा बिक्रम तिवारी, लक्ष्मण सन्ज्याल, मातृका खनाल, गौरव सुनुवार र रन्जीत सापकोटा रहेका छन् ।
यस्तै नारी निकुञ्ज संयोजकमा पारु सापकोटा, उपसंयोजकमा राशी सिंह ठकुरी, नारी निकुञ्ज सदस्यहरुमा कल्पना बस्याल, निरु सापकोटा, अनामिका श्रेष्ठ उम्मेदवार रहेका छन् ।
भिक्टोरिया राज्यबाट राष्ट्रिय समन्वय समितिको सदस्यहरुमा विश्व गौडेल, महेन्द्रशाली घिमिरे रहेका छन् भने अन्तराष्ट्रिय समन्वय समितिमा प्रेम कँडेल उम्मेदवार रहेका छन् ।

यसपटक एनआरएन अष्ट्रेलियाको युवा संयोजक पदमा भिक्टोरियाकै बविन मिश्र यस अघि नै उम्मेदवार घोषित भइसकेका छन् ।
उम्मेदवार घोषणा कार्यक्रममा सामाजिक अगुवा दुर्गा आचार्यले आसन्न निर्वाचनमा लोकतान्त्रिक समर्थकहरुले भिक्टोरिया राज्यबाट मात्र नभई अष्ट्रेलियाभरबाटै अत्याधिक मतले विजय हासिल गर्ने विश्वास ब्यक्त गर्दै उम्मेदवारहरुलाई विजयको शुभकामना दिएका थिए ।
त्यस्तै जनसम्पर्क समितिका अध्यक्ष विनितराज शर्माले घोषित उम्मेदवारहरु विजयको नजिक नै रहिसकेकाले एनआरएनका एजेण्डालाई उचाईमा लैजान यो समूह सफल हुनेमा विश्वास ब्यक्त गरे ।
नेपाली कांग्रेसका नेता सोमप्रसाद गुरुङ्गले घोािषत उम्मेदवारहरुले विजय हासिल गर्ने प्रति सत् प्रतिशत विश्वस्त रहेको र यो पटक साझा एनआरएन समूहले अष्ट्रेलियाभरबाट मतदाताको विश्वास जित्नेमा आफू ढुक्क रहेको बताए ।
कार्यक्रममा नेपाली वतमान आइसीसी सदस्य नारायण काफ्ले, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोताने, गणेश पौडेल, रविन्द्र गौतम लगायतका वक्ताले घोषित उम्मेदवारहरुलाई विजयको शुभकामना दिएका थिए ।
कार्यक्रममा देवेन्द्र वस्नेत, बिनोद लामा, ज्ञानेन्द्र उप्रेती, राम गुरुङ्ग, हेम दुलाल, सुनिल मैनाली, दिनेश बञ्जारा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै संयोजक पदका उम्मेदवार हरि खड्काले साझा एनएनआरएनए वास्तबमै सबैको साझा अभियान र सवल एनआरएनएको प्रमुख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने भएकाले सबै मिलेर काम गर्न प्रतिबद्द रहेको बताए । ‘एनआरएनए अभियानमा रहेर समुदायको सेवागर्ने हाम्रो चाहनालाई सधैं झैं सद्भाव र सहयोगको अपेक्षा गरेका छौ’ खड्काले भने ।
(एनआरएनए भिक्टोरिया र अन्य राज्यको निर्वाचनका विषयमा हामी निरन्तर समाचार प्रकाशित गर्दै जानेछौं । तपाईसंग भएका समाचार, विचार र एजेण्डा सहित हामीलाई सम्पर्क गर्नुहोस् Iहामी निष्पक्ष रहि तपाईका समाचारहरु प्रकाशित गर्नेछौ । –सम्पादक )

तपाइँको प्रतिक्रिया