साहित्य सिर्जना वाचनमा रमायो क्यानवेरा
![This image has an empty alt attribute; its file name is anesasact4-1024x768.jpg](https://www.anzkhabar.com.au/wp-content/uploads/2021/06/anesasact4-1024x768.jpg)
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्यापटरले गजल, कविता वाचन तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
गत शनिवार गोल्डन स्पुन क्याफे फिसविकमा भेला भएका साहित्य अनुरागीहरुले आफ्ना विभिन्न रचना वाचन मार्फत समाज, जीवन र जगतका विभिन्न आयामहरुलाई साहित्य अनुरागीहरुमाझ बाँढेको अनेसास क्यानवेराकी उपाध्यक्ष महता घिमिरेले एएनजेड खवरलाई बताइन् ।
सर्जक एवं नेपाली दूताबास उपनियोग प्रमुख द्रुपदा सापकोटाको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा डा .कृष्ण हमाल र डा दुर्गादत्त कणेंल बिशेष अतिथिको रुपमा रहेका थिए ।
![This image has an empty alt attribute; its file name is anesas-act1.jpg](https://www.anzkhabar.com.au/wp-content/uploads/2021/06/anesas-act1.jpg)
अनेसास क्यानवेरा अध्यक्ष चन्द्र तिवारीको अध्यक्षतामा भएको सो साहित्यक कार्यक्रममा सर्जकहरु तुल्सा पाण्डे,मन्जु नेपाल, निर्मल भट्टराई, महत्ता घिमिरे चापागाई, बिक्रम शर्मा,विनायक अधिकारी, द्रुपदा सापकोटा,यादव कोईराला, आदर्शजंग पाण्डे,अभिषेक शर्मा उप्रेती, बासु चापागाईले विभिन्न रचना वाचन गरेका थिए ।
त्यस्तै सर्जकहरु गोमा ऊप्रेती, काशी भुसाल, सन्तोष बराल, महेश वशिष्ट, अंशु भट्टराई, समिर चाम्रु, अनिल पौडेल, प्रकाश प्रतिक्षित, जीवन थापाका रचना वाचनले साहित्यका माहौल जमेको आयोजकले बताएका छन् । कार्यक्रममा बाल प्रतिभा अंशु भट्टराईको मातृभूमिको माया झल्काउने कविता वाचनले रौनकता छाएको थियो । भट्टराईको नेपाली साहित्यप्रतिको मोहवाट प्रभावित भएर सिएमएस रेडियो क्यानबेराका प्रस्तोता प्रदिप तिमिल्सिनाले उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा,एनआरएन अभियन्ता अशोक वस्नेत, दूताबासका कर्मचारीहरू यादव कोइराला, निर्मल भट्टराई लगायतका साहित्य प्रेमिहरूको उपस्थिति थियो।
![This image has an empty alt attribute; its file name is anesasact3.jpg](https://www.anzkhabar.com.au/wp-content/uploads/2021/06/anesasact3.jpg)
कार्यक्रममा अनेसास क्यानबेरालाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेकोमा पूर्व महासचिव बिनायक अधिकारीलाई खादा ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार महता घिमिरेले आफ्नो कविता संग्रह ‘प्रश्नै प्रश्नको पहाड’ बिक्रीमा राखेकी थिइन् । घिमिरेले बिक्रीबाट संकलन भएको रकम सबै जम्मा गरि आफूले केहि रकम थपेर नेपालमा कोभिडसंग लडिरहेका र आर्थिक अवस्था जटिल भएका साहित्यकारको उपचारका खातिर खर्च गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् ।
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2021/06/anesas2-2.jpg)
तपाइँको प्रतिक्रिया