शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:१९ |सिड्नीको समय: १९:१९ |काठमाडौंको समय: १५:०४

टि-२० सिरिजमा डेब्यू गर्नेलाई एक-एक लाख दिइने

एएनजेड खबरजुन १४, २०२१

वैशाख पहिलो साता काठमाडौंमा सम्पन्न नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टि-२० सिरिजमा डेब्यू गर्ने चार जना खेलाडीलाई एक-एक लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रायोजक माई सेकेण्ड टिचरले नेपाली टोलीलाई पाँच लाख र डेब्यू गरेका ओपनर कुशल भुर्तेल, आसिफ शेख, स्पिनर साहब आलम र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गर्न लागेको हो ।

नेपालले त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । डबल राउन्ड रोबिनको आधारमा भएको उक्त त्रिकोणात्मक सिरिजमा कुशल, आशिफ, कमल र साहबले डेब्यू गर्दै उच्च प्रदर्शन गरेका थिए ।

डेब्यू खेलको सुरुवाती तीनै खेलमा अर्धशतकका साथ कुशल भुर्तेलले विश्व कीर्तिमान बनाएका थिए । कुशल टि२० आई डेब्यू सुरुवाती तीनै खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उक्त सिरिजमा कुशलले ५ खेलमा ४ अर्धशतक सहित कुल २ सय ७८ रन बनाएका थिए ।

तपाइँको प्रतिक्रिया