शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:०० |सिड्नीको समय: ०१:०० |काठमाडौंको समय: २०:४५

कस्तो हुन्छ हृदयघातको संकेत

एएनजेड खबरजुन १२, २०२१


हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ । आज सबै ठीकठाक रहेको मानिस भोलि मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको पाइएको छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने नभई यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् ।

This image has an empty alt attribute; its file name is heart_attack_101_slideshow.jpg


तर, हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्ने चिकित्सकहरुले बताउने गरेका छन् । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ । त्यसैले यहाँ त्यसको संकेत के कस्तो हुनसक्छ भनी यहाँ उल्लेख गरिएको छ ।

अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो ।

छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु¥याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नु – धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

तपाइँको प्रतिक्रिया