शुक्रबार, भदौ ६, २०८२ |Fri Aug, 2025
अक्ल्याण्डको समय: १२:१३ |सिड्नीको समय: १०:१३ |काठमाडौंको समय: ०५:५८

कोरिया पठाइदिन्छु भन्दै एक करोड बढी ठग्ने महिला पक्राउ

एएनजेड खबरअगस्ट २२, २०२५

काठमाडौं । वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका १ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका २८ हरिसिद्धिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले हाल सम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनी १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

तपाइँको प्रतिक्रिया