शुक्रबार, असार २०, २०८२ |Fri Jul, 2025
अक्ल्याण्डको समय: २३:११ |सिड्नीको समय: २१:११ |काठमाडौंको समय: १६:५६

प्रधानमन्त्री घुमे रियल म्याड्रिडको अत्याधुनिक रङ्गशाला !

एएनजेड खबरजुलाइ ४, २०२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको भ्रमण गरेका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका थिए ।

त्यस्तै, ओलीले मेड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गरे । युरोपकै पुरानो मध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । सङ्ग्रहालयमा युरोप र स्पेनका इतिहास, संस्कृतिसँग सम्बन्धित घटना क्रमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

तपाइँको प्रतिक्रिया