इजराइल र इरानका नेपाली सुरक्षित !

काठमाडौँ । इजराइल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल इजराइलमा करिब ५५०० र इरानमा करिब १२ जना नेपालीहरू रहेका छन् र उहाँहरू सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।’
परराष्ट्र मन्त्री आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।
मन्त्री देउवाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गर्न पनि राजदूतहरूलाई निर्देशन दिएकी छन्।
इजरायलले गत बिहीबार राति अचानक इरानमाथि हवाई आक्रमण गरेपछि दुवै देशबीच आक्रमण तथा प्रत्याक्रमण भइरहेको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार, दुवै देशतर्फ ठूलो जनधनको क्षति भएको छ । तर तनाव भने घट्न्को सट्टा झन् झन् बढ्दै गएको छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुृसार हालसम्म इजरायलमा रहेका सबै नेपाली सुरक्षित नेपाल र नेपालीका सम्बन्धमा कुनै अप्रिय समाचार सुन्नु परेको छैन् । राजदूत पण्डितका अनुसार दिनभर सुनसान हुनेगर्छ र राति भने बिस्फोटका आवाज सुनिने गर्छ । इरानले आक्रमण तीव्र बनाएपछि तेल अविवका सडक सुनसान भएका छन् । अत्यावश्यक सेवा वाहेकका कार्यालयहरू बन्द गरिएको छ ।
तपाइँको प्रतिक्रिया