सोमबार, असार २, २०८२ |Mon Jun, 2025
अक्ल्याण्डको समय: ०१:३० |सिड्नीको समय: २३:३० |काठमाडौंको समय: १९:१५

सर्वोच्चद्धारा रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार

एएनजेड खबरमे २४, २०२५

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश सदर गरिदिएपछि उनी थुनामुक्त नहुने भएका हुन् ।

न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो।

त्यस्तै छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ।

लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै यही वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएकी थिइन्।

तपाइँको प्रतिक्रिया