बिहीबार, वैशाख १८, २०८२ |Thu May, 2025
अक्ल्याण्डको समय: १९:५१ |सिड्नीको समय: १७:५१ |काठमाडौंको समय: १३:३६

शिक्षामन्त्रीको राजीनामाबारे बोले ओली

एएनजेड खबरअप्रिल २३, २०२५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै भने, “उहाँ मैले बनाएको मन्त्री हो, मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइराखेको छु, ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो, यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।”

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र कांग्रेससँगको सहमति बमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने फेरि दोहोर्याए ।

तपाइँको प्रतिक्रिया