मंगलबार, असार ३, २०८२ |Tue Jun, 2025
अक्ल्याण्डको समय: ११:३५ |सिड्नीको समय: ०९:३५ |काठमाडौंको समय: ०५:२०

श्रृंखला र सम्भवबीच अमेरिकामा प्रेम बस्यो, नेपालमा विहे

एएनजेड खबरडिसेम्बर १४, २०२३

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाधिएकी छन् । बिहीबार उनले सञ्चार उद्यमी तथा प्रेमी सम्भव सिरोहियासँग बिहे गरेकी हुन्।

काठमाडौँको होटल हायातमा उनीहरुको बिहेको समारोह चलिरहेको छ। शृंखला र सम्भवको बिहेमा दुबैतिरका नजिकका परिवार र आफन्तलाई मात्रै बोलाइएको छ।

बेहुली बनेकी श्रृंखला निकै खुसी देखिएकी छिन्। रातो सारी र गहनामा सजिएकी उनी निकै सुन्दर देखिएकी छिन्। शृंखला र सम्भव केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। यी दुईले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

शृंखला र सम्भवबीच अमेरिकामा उच्च अध्ययनका सिलसिलामा प्रेम सम्बन्ध गाँसिएको थियो । शृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन्। सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा पनि शृंखला अन्तिम १२ मा प्रवेश गरेकी थिइन्।

उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन्। शृंखला पूर्वमन्त्री एवं एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी सुपुत्री हुन् ।

तपाइँको प्रतिक्रिया