बुधबार, असार २५, २०८२ |Thu Jul, 2025
अक्ल्याण्डको समय: ०४:३१ |सिड्नीको समय: ०२:३१ |काठमाडौंको समय: २२:१६

३ लाख ८५ हजार ३३० नगदसहित २४ जुवाडे पक्राउ

एएनजेड खबरमार्च ६, २०२२

ललितपुर – नेपाल प्रहरीले ३ लाख ८५ हजार ३३० नगदसहित २४ जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका– ४ इमाडोलस्थित एकबहादुर रानाको जस्ताले बनाएको टहराभित्रभित्र जुवा खेलिरहेको अवस्थामा शनिबार रति २४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महालक्षमी नगरपालिका – ४ ईमाडोल सेतीपाखा बस्ने ३३ वर्षीय तेजबहादुर थापासहित २३ जना रहेका छन् ।

तपाइँको प्रतिक्रिया