मंगलबार, असार २४, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: ०९:३८ |सिड्नीको समय: ०७:३८ |काठमाडौंको समय: ०३:२३

प्रधानमन्त्रीको अनुमान : शिव भगवान ‘चाम्लिङ’ थरका हुनसक्ने

एएनजेड खबरजुलाइ ८, २०२५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव चाम्लिङ समुदायका हुनसक्ने अनुमान व्यक्त गरेका छन्। सोमबार काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताए। हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको भन्दै उनले भगवान शिव पनि चाम्लिङ समुदायका हुनसक्ने अनुमान गरे। यद्यपि, उनले यसमा आफ्नो कुनै दाबी नरहेको स्पष्ट पारे।

‘वेदव्यास यहीँ तनहुँका थिए। कपिलमुनी त्यहाँ कपिलवस्तुका थिए। सिद्धार्थ गौतम (गौतम बुद्ध) लुम्बिनीका थिए। शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौँ। शिवजी चाम्लिङ थिए कि के हो जस्तो लाग्छ कहिलेकाहीँ। त्यो चाम्लिङको थलो हो। हलेसी भनेको चाम्लिङको थलो हो। शिवजी चाम्लिङ पनि हुनसक्छन्। म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन। तर अनुमान हो। अथवा अरु पनि हुनसक्छ। माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ। तर भेग त्यही हो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी, र गौतम बुद्ध नेपालमै जन्मिएको पनि दोहोर्‍याए। उनको यो भनाइले नेपालको ऐतिहासिक र धार्मिक महत्त्वलाई उजागर गर्न खोजेको देखिन्छ।

तपाइँको प्रतिक्रिया