मंगलबार, असार १७, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: १३:२८ |सिड्नीको समय: ११:२८ |काठमाडौंको समय: ०७:१३

अमेरिकाले गर्यो फेरि तीन नेपालीलाई निष्कासन

एएनजेड खबरजुलाइ १, २०२५

काठमाडौं । अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एक(एक जना छन्। स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते नेपाल फर्काइएको हो। उनीहरूलाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं फर्काएको स्रोतको भनाइ छ।

निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एकएक जना छन्। स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते नेपाल फर्काइएको हो। उनीहरूलाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं फर्काएको स्रोतको भनाइ छ।

आइस प्रहरीले अमेरिकास्थित नेपाली दूतावाससँग ुट्राभल डकुमेन्टुको पहल गरेर उनीहरूलाई नेपाल फर्काएको हो। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि त्यहाँका नेपालीसहित अवैधरूपमा बसोबास गरिरहेका अप्रवासीमाथि धरपकड गरिएको छ। ट्रम्प प्रशासनले विभिन्न मितिमा नेपालीहरूलाई नेपाल फर्काउने गरेको छ। ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नयाँ नीति नै लागू गरेर धरपकड गरिरहेको त्यहाँका नेपालीहरूले बताएका छन्।

गत जेठ अन्तिम साता पनि एकैपटक ३७ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो।

तपाइँको प्रतिक्रिया