मंगलबार, असार १७, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: १५:०५ |सिड्नीको समय: १३:०५ |काठमाडौंको समय: ०८:५०

लाओसमाथि नेपालको ९ गोल, साम्बाको गोल संख्या ६१ पुग्यो

एएनजेड खबरजुन ३०, २०२५

काठमाडौं । स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले कप्तानी पाएको खेलमा नेपालले लाओसमाथि सानदार जित दर्ता गरेको छ।

एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो जित दर्ता गरेको हो।

नेपालको जितमा साम्बाले पाँच गोल गरिन्। अनिता बस्नेत, सरु लिम्बु, रश्मी कुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरे।

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा ७ गोल थप्यो। साम्बाले लाओसविरुद्ध पाँच गोल गरेपछि राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ६१ पुर्‍याएकी छन्।

एएफसी एसियन कप छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित दर्ता गरेको थियो।

तपाइँको प्रतिक्रिया