बुधबार, असार २५, २०८२ |Thu Jul, 2025
अक्ल्याण्डको समय: ०४:१२ |सिड्नीको समय: ०२:१२ |काठमाडौंको समय: २१:५७

विदेशमा रहेका नेपाली दूतावास ‘कुखुराको खोर’ जस्ता….!

एएनजेड खबरजुन २४, २०२५

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले विदेशमा रहेका नेपाली दूतावास ‘कुखुराको खोर’ जस्ता भएको टिप्पणी गरेकी छिन् । उनले विदेशमा रहेका नेपाली दूतावास ‘कुखुराको खोर’ भन्दा सानो भएको बताइन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन् ।

उनले भनिन्,’हाम्रो राजदूतावासहरू हाम्रो वडा कार्यालय भन्दा नि राम्रो स्थितिमा छैनन् । म अस्ति जापान राजदूतावास गएको थिए, म डिप्रेस भएर फर्किए । फाइलको चाङले मान्छे बस्ने ठाउँ पनि छैन । कुखुराको खोर भन्दा सानो राजदूतावास ।’

मन्त्री डा राणाले मन्त्रालयले आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक प्रमुख आधार मानेर विदेशस्थित नियोगहरूलाई व्यापार, वैदेशिक लगानी, पर्यटन तथा प्रविधि प्रवद्र्धनमा सक्रिय बनाउँदै आएको बताइन् ।

सांस्कृतिक र पर्यटन कूटनीति एवं नेपाल प्रवर्द्धन गर्न नियोगहरूबाट विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको र यी प्रयासहरूलाई अझ सशक्त रूपमा विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो । अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलाई सहज र दिगो बनाउन यससम्बन्धी रणनीतिलाई विकास साझेदारलगायत सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूबाट राहदानी, कन्सुलरलगायत सेवा प्रदानबापत यस आर्थिक वर्षमा हालसम्म रु आठ अर्ब १० करोड ३६ लाख ७५ हजार राजस्व सङ्कलन भएको र कुल रु छ अर्ब ७८ करोड ५१ लाख खर्च भएको जसमा पुँजीगततर्फको बजेटको ५० दशमलव ९ प्रतिशत रकम खर्च भएको उनले बताइन् ।

देउवाले इजरायलबाट नेपाल फर्कन चाहने ८८५ जना नेपालीले आफ्नो विवरण टिपाएको जानकारी दिएकी छिन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री राणाले विदेशमा कार्यरत नेपालीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी हुन्।

मन्त्री डा राणाले इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकामा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरू भएको जानकारी गराइन् ।

बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहामार्फत पहल गरिरहेको जनाएको छ ।

मन्त्री डा राणाले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले सुरूदेखि नै उच्च तहमा द्विपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिइआएको बताइन् ।

तपाइँको प्रतिक्रिया