अमेरिकाले ३७ नेपालीलाई स्वदेश फर्कायो, डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ पुग्यो
एएनजेड खबरजुन ९, २०२५
काठमाडौं । अमेरिकाले ३७ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाएको छ । ३२ जना पुरुष र ५ जना महिला आइतबार साँझ ओम्नि एयर इन्रटरनेशनल मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर उनीहरू नेपाल आइपुगेका हुन् । प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेर उनीहरूलाई पठाउने गिरोह र अमेरिका गएको रुटबारे जानकारी लिने प्रयास गरेको छ । तर, अधिकांशले विवरण दिन अस्वीकार गरेका छन् ।
यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट फर्केका ९ जना नेपालीले पनि आफूलाई अमेरिका पठाउने व्यक्तिबारे जानकारी दिन अस्वीकार गरेका थिए । आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।
तपाइँको प्रतिक्रिया