राजावादी समूहको प्रदर्शनमा घुसपैठ, तीन जना प्रहरीको जिम्मा
काठमाडौं । राजावादी समूहले विहीबार तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् ।
बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले जानकारी दिए । जहाँ जहाँबाट तपाईंहरु समूहमा आउनु भयो, त्यही ठाउँमा भोलि १२ बजे जम्मा भएर फेरि जुलुस हुँदै काठमाडौं सबै शहरमा नारा जुलुस लगाउँदै, काठमाडौंलाई उठाउँदै जगाउँदै आउनु होला’, उनले कार्यकर्तालाई आह्वान गर्दै भने, ‘दिनको १ बजेसम्ममा माइतीघर मण्डला र विजुली बजार क्षेत्रमा आउनु होला’ उनले भने ।
आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दल तथा समूहहरूले पनि समर्थन जनाएका छन् । संयोजक सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनमा पुगेका छन् । राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डा लिएर उनीहरूले आज बिहीबारदेखि आन्दोलन गरेका हुन् ।
तपाइँको प्रतिक्रिया