शुक्रबार, जेठ ३१, २०८२ |Fri Jun, 2025
अक्ल्याण्डको समय: १०:०६ |सिड्नीको समय: ०८:०६ |काठमाडौंको समय: ०३:५१

आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएको आग्रह

एएनजेड खबरमे २६, २०२५

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नै वेब पोर्टलबाट सदस्यता खुला गर्न सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई अनुरोध गरेको छ।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिद्वारा गत मे ३–४, २०२५ मा काठमाडौँमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले त्यस्तो आग्रह गरेको हो।
एनआरएनए आइसीसी का महासचिब बाबुराम (बिआर)लामाले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्,’ विभिन्न कारणले हालसम्म हाम्रो मातहतमा सदस्यता सूचना प्रणाली (एमआइएस)उपलब्ध नभएको हुँदा सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरूलाई आफ्नै बेब पोर्टलबाट सदस्यता खुला गर्न अनुरोध गरिन्छ।

आफ्नै बेव पोर्टल नभएका एनसीसीहरुलाई आइसीसीको वर्तमान कार्यसमितिले सहजीकरण गर्नेछ।ूत्यस्तै परराष्ट्र मन्त्रालयले महेश कुमार श्रेष्ठ नेतृत्वको आइसीसी नै आधिकारिक भन्दै सबै कूटनीतिक नियोगहरुलाई पत्राचार गरिसकेको साथै मुद्दाको लगत कट्टा गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई पत्र पठाई सकेकाले कुनै पनि भ्रममा नपर्न पनि महासचिव लामाले आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको परमादेश कार्यान्वयन र परराष्ट्र मन्त्रालयको मान्यता पछि महेश कुमार श्रेष्ठ नेतृत्वको आइसीसी नै सबै गैर आवासीय नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एक मात्र मान्यताप्राप्त संस्था भएकाले उक्त कार्यसमिति बाहेक अन्य कसैले संघको नाममा पत्राचार गरेमा अनधिकृत हुने पनि विज्ञप्तिमा उल्लेख छ।

तपाइँको प्रतिक्रिया