राष्ट्रिय युवा संघको केन्द्रिय उपाध्यक्षमा ध्रुव खड्काको बलियो दाबेदारी(अपिलसहित)

बिराटनगर । राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा संखुवासभाका ध्रुव खड्काले उपाध्यक्ष पदमा बलियो दाबेदारी प्रश्तुत गरेका छन् । तत्कालीन प्ररायु संघको युथफोर्समा सक्रियता जनाउँदै विभिन्न जिम्मेवारी सम्हालेका उनले उपाध्यक्षको दाबेदारी दिएका हुन् ।
प्ररायु संघको क्षेत्रीय सदस्य ,अनेरास्ववियुको कोसी प्रदेश सम्पर्क उपाध्यक्ष, अखिल फोर्स संयोजक आरआर क्याम्पस काठमाण्डौ,उपत्यका अखिल फोर्स कमिटी, युथफोर्सका विभिन्न कमिटी,अन्तर जिल्ला कमिटी अध्यक्ष संखुवासभा ,केन्द्रिय खेलकुद बिभाग सदस्य, लाहन अधिवेशन प्रतिनिधि, बुटवल अधिबेशनबाट केन्द्रिय लेखा आयोग सदस्य निर्वाचित,केन्द्रिय सदस्य र राष्ट्रिय युवा संघ नेपाल् संखुवासभाको सह संयोजकको रुपमा काम गरिसकेका छन्।
यस्तै दुई कार्यकाल जिल्ला अध्यक्ष ,सचिवालय सदस्य,स्थाई कमिटी सदस्य र कृषि बिभाग प्रमुख ,नेकपा एमाले संखुवासभाको विभिन्न कार्यकाल जिल्ला कमिटी सदस्य नेतृत्व गरिसकेका छन्। जिल्लादेखि प्रदेश केन्द्र देशैभरी नेता नेतृत्वको हरेक जिल्लामा सम्बन्ध र पहुँच राख्न सक्ने सक्षमा व्यक्ति हुन्।
युवाहरूलाई परेको हरेक समस्या जुध्न सक्ने भएकाले आफूलाई युवा संघको केन्द्रिय उपाध्यक्ष पदमा बलियो उम्मेदवार भएको बताए । सहज ढङ्गले स्वस्थ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्ने साथै युवाको एउटा सिङ्गो पुस्तालाई आफ्नो क्षमता,आवस्यकता र प्रभावकारीता प्रस्तुत गर्न पनि उनले अपिल गरेका छन्।
यस्तो ध्रुवको अपिल
युवाको उमेर अधिकांश देशमा १५ (३५ हो, नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको थियो भने राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । यस् नितिलाई टेकेर राष्ट्रिय युवा संघ नेपाल ले पनी आफ्नो सङ्गठनमा १६(४० उमेर लाई बिधानतस् स्वीकार गरेको छ, राष्ट्रिय युवा संघ नेपाल को दशौ महाधिवेशन जेष्ठ ९(११ भव्यताको साथ सुसम्पन्न भैइरहेको छ, महाधिवेशन संघका सस्थापक अध्यक्ष तथा नेकपा एमालेका श्रदेय अध्यक्ष सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा उद्घाटन गर्दै हुनुहुन्छ , अन्य संगठन भन्दा राष्ट्रिय युवा संघ नेपाल लाई वहाले बिशेस चासो र महत्त्व दिनु हामी राष्ट्रिय युवा संघका नेताकार्यकर्ता को लागी निक्कै सुखद पक्ष हो । यस् महाधिवेशनलाई सर्वत्र महत्त्वका साथ चासो राखिएको पाईएको छ ।पोखरा बेहुली झै सिङ्गारिएको छ ।
महाधिवेशनमा नीति तथा नेतृत्वको बहस हुन्छ नै, बर्तमान नेतृत्व दोहोरिन खोज्ने र नव नेतृत्व स्थापित हुन खोज्नु स्वाभाविकै हो तर यो पटक पदाधिकारी ९ जना र केन्द्रिय कमिटी को सङ्ख्या १५१ भएर घटेको छ, हिजो विषम परिस्थितिमा तत् कमिटी १००० भन्दा बढीको थियो भने ठुलो सङ्ख्यामा पदाधिकारी र पदाधिकारी सो सरह भनेर थुप्रै साथीहरू लाई जिम्मेवारी दिईएको थियो । नेतृत्वमा यती जाम छ की २०६९ बुटवल महाधिबेशन पश्चात् लगभग ११ बर्ष अधिबेशन भएन २ बर्ष अगाडी नेपालगन्ज सम्पन्न अधिबेशन ले केही हदसम्म नेतृत्व ब्यबस्थित त गर्यो तर युवाहरूमा काठमाण्डौ केन्द्रीत गतिविधि गरे पुग्ने अग्रज हरु सङ्ग संगत गरे पुग्ने जस्ता दुर्गुण हरुले सताएको छ । भूगोलको राजनीति गर्नेहरूको मनोबल खासमा उकास्न सकिएन ,ताकी जिल्ला कमिटी भन्दा तल्ला कमिटी खास परिचालित भएनन् परिचालित हुनेहरुलाई प्रोत्साहन गरिएन बरु प्रमुख अतिथि र अतिथिमै लडाइँ चल्दै गयो । जब ग्रासमा संगठन छैन त युवाहरूमा एकाएक महत्वाकांक्षा र निराशा दुवैको ग्राफ उचो गतिमा बढेर गयो भने एउटा पङ्क्ती दम्भले छेपारोले गाढ फुलाएझै फुलेर बस्यो र अर्को पङ्ती लाखेस् देखाउला र हेरौला भनेरै बस्यो । जब आदर्श संगठनभित्र कल्पनै नगरेको रोग लाग्यो त्यसको डाईग्नोसिस र निदान गर्नुभन्दा आन्दोलन र अभियानहरु केन्द्रका इभेन्ट तर्फ मोडियो । आत्मकेन्द्रीत र पर्सनल ब्राण्डीङ्गको राम्रो हेक्का भएका साथीहरू
विज्ञान तथा प्रविधि, खोज, अनुसन्धान तथा अन्वेषण मार्फत सुपेरियर बन्दै गए । कोही खटेको खट्यै भो कोही स्टाटस मात्रै लेख्दै गयो,कोही टिकटक र रिल्स मात्रै बनाउन लागे त कोही शुभकामना र बधाई मात्रै दिदै गए । सामाजिक संजाल मार्फत पपुलिष्टहरु,प्रतिक्रियावादीहरु, प्रतिक्रान्तीकारीहरु,पुनरुथान्वादीहरु,डलरे अनी आईसीवालाहरु र धमिलो पानीमा माछा मार्न पल्केका हरुको अगाडी हामी फिक्का हुदै गयौ । हामिमा गहिरो दर्शनको अध्ययन हट्यो सस्ता सतही कुरामा ूसाच्चै होकी क्याहो रुरुू भन्दै हामी बिस्तारै मेनुप्लेट हुँदै गयौ । पार्टी र संगठनलाई गरिएको चौतर्फी घेराबन्दी चिर्न सकेनौ । साच्चै भनु भने त्यती गर्वीलो ईतिहास बोकेको युवा आन्दोलन यती भुत्ते भयो कि साद लाउने आरान सम्म पुग्न ल्याकत र चाह समेत भएन ।
किन लाग्ने र राजनैतिक भवीष्य के हुने रुरु कुनबेला आन्तरिक राजनैतिक आक्रमण हुने र राजनीति अन्त्य हुने त्रासले आलोचनात्मक चेत गौण हुदै गयो । आत्मालोचना भन्ने शब्द त संघसंगठनको शब्दकोषमै लोप भयो । युवाहरू बोल्न छाडे लेख्न छाडे , संगठित गर्न छाडे अघिल्लो पुस्ता हेर्दा आशा लाग्न छोड्यो, सुरुमा भयंकर देख्नेहरु ले ल्याङ्टो देख्न थाले , आदर्श सोचिएको संगठन को श्रदा घट्दै गयो । अर्कोतिर आफ्नो ब्यबहारिक र व्यवसायिक पाटो खच्किदै गयो । बैंक तथा बित्तीय सस्थाको मनोपोली ट्याकल गर्न सकिएन बरु भाग्न थालियो । न त सामाजिक काम गर्ने न जनजिविकाको सवालमा बोल्ने नत बिकृती बिसङ्गती बिरुद्ध बोल्ने आट र जागर आयो , न सस्कृती बारे बोलियो न बजार बारे नै बोल्यो ११ पेशा व्यवसाय भन्दा छिटो कमाईहुने तर्फ सोच मोडिने समेत देखियो । राजनिती,पेशा र देशबाटै युवाहरू पलायन हुन थाले
यस्तै चरम निराशा बिचमा यो कार्यकाल सकियो । जसको जस् अपजस को निम्ति आ आफ्नो गच्छे अनुसार म पनी भागी बस्न तयार छु । अहिले हेर्दा अधिकांश साथीहरू आफ्ना उमेर समुह का बिशिस्ट प्रतिनिधि मार्फत अनुमोदित भएर योग्य पुस्ताको रुपमा जनता माझ जान चाहन्छन् ।
३ अब कसरी यी समस्या हल गरेर अगाडी बढ्ने त रुरु
अब आर्थिक,सामाजिक,राजनैतिक,टेक्नोलोजीका हिसाबले युवा शक्तिलाई प्रोत्साहन गरिनु पर्दछ । बौद्धिक तथा दक्ष युवाहरूको पलायनलाई देशमै अवसर र महत्त्व दिइनुपर्छ । खेलकुद तथा मनोरञ्जनमार्फत शारीरिक र मानसिक विकासको अवसर, युवा नेतृत्व विकास, सहभागिता र परिचालन गरिनुपर्छ । युवाको क्षमता विकास गरी देशभक्त, कर्मठ, अनुशासित र उद्यमशील बनाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताका लागि लक्षित कार्यक्रम ल्याइनुपर्छ । स्थानीय तहमा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, वातावरण संरक्षण, पूर्वाधार विकासमा खबरदारी र साझेदारी, राहत, खोज तथा उद्धार, विषम परिस्थितिमा जनचेतना अभिवृद्धि लगायत सामाजिक कार्यमा सङ्गठित गरी परिचालन गरिन ढिला गर्नु हुँदैन । युवालाई सिर्जनशील, दक्ष, सीपयुक्त, उद्यमी तथा जिम्मेवार नागरिक बनाउन खास भुमिका निर्वाह निभाउनुपर्छ । ठोस रूपमा राष्ट्रका र भविष्यका कर्णधार, वर्तमानका साझेदार, विकास र परिवर्तनका संवाहकका रूपमा नेतृत्व विकास गर्नुपर्छ, राज्यले युवाहरूको ऊर्जा र प्रतिभाबाट लाभ लिनुपर्छ, अब अनुत्तरित हुन हुन्न ,
एक प्रसङ्गमा महात्मागान्धीले भनेका छन् ूजो व्यक्ति आफूलाई परिवर्तन नगरी अरूलाई परिवर्तन गराउन खोज्छ, त्यो मूर्ख हो, त्यो ढोगी प्रवृत्ति हो ।ू पछिल्लो समय संगठनमा नेतृत्व चयन प्रक्रियामा देखिएको प्रवृत्ति प्रति पनी असन्तुष्टि बढ्दो छ। संगठन निर्माणभन्दा नेतालाई खुशी पार्ने प्रवृत्तिले संगठन कमजोर बन्दै गएको प्रतिनिधिहरूको भनाइ आउछ ।विश्वमा गत डेढ दशकमा केही देशहरूमा सामाजिक सञ्जालका माध्यमहरू खासगरी फेसबुक, टिकटक, ट्वीटर ९एक्स०, भाइबर, मेसेन्जर, इन्स्टाग्रामका साथै आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को प्रयोगबाट सरकार या व्यवस्थाका विरुद्ध नेतृत्वविहीन आन्दोलनहरू सफल भएका छन् । बंगलादेशमा भएको बिगतको आन्दोलन एउटा उदाहरण हो भने काठमाण्डौमा भएको तोडफोड,हत्या र भाटभटेनी चोरी,लुटपाट त्यसकै नेपाली भेरियण्ट मात्रै हो । जब युवाले प्रत्यक्ष रूपमा आफ्नो राजनीति होस् या रोजगारीमा या आयस्रोतमा या जीवनस्तर सुधारमा कुनै सकारात्मक परिवर्तन देख्दैन त्यसले देख्छ त केवल नेताहरूको विलासि जीवनशैली, पारिवारिक लिप्तता, राजनीतिक अदूरदर्शिता र भ्रष्टाचारबाट ठडिएका महलमा बसेर समाजवादको ढोंगी आदर्श फुक्ने नक्कली राजनीति ।आफू लिष्टमा नपरेपछि पार्टीका तमाम कार्यकर्ताहरू दलका नेताहरूले अधिनायकवादी शैलीमा घोषणा गरेको देख्छन् । नातावाद र कृपावाद देख्छन् । दलका शीर्ष नेता एकाधिकारवादी प्रवृत्तिमा लागेको देख्छन् ।
नेपाली समाजको बिद्रोही चेतना
तत्काल नेता र कार्यकर्ताले बोल्न नसके पनि भविष्यमा पात्र वा पद्धतिका विरुद्धमा हुन सक्ने जनविद्रोहमा यी दलहरूका कार्यकर्ताहरूको पनि अप्रत्यक्ष समर्थनको सम्भावना छ १ विद्रोही सचेत जनता खासमा जो शिक्षित, चेतनशील, मध्यम वर्गीय र सहरिया छ र आफ्नो अनि देशको वर्तमान अवस्थाप्रति चिन्तित भएर सरकार या दलहरूका नेता या पद्धतिको विरुद्ध सोचेरै, बुझेरै विद्रोही कित्तामा उभिएको छ । यो खतरा बारे हाम्रो अधिबेशन जिम्मेवार हुनु जरुरी छ । २०६२–६३ को जनआन्दोलन र २०६४ को पहिलो संविधानसभाको समयमा जन्मिएका बालकहरू अहिले १६ देखि १८ वर्ष उमेरका भए । यो उमेर समूह संख्या अहिले करिब ३५ लाख छ । यो समूह लाई अहिलेको र पहिलेको ब्यबस्था बारे कुन बेस्ट हो भनेर हामीले प्रशिक्षण गरिएको छैन । न त स्कुल कलेजका कोर्समै लेखिएको छ । अहिले शिक्षा छ तर कामकाजी र व्यवहारीक छैन , एउटा भनाई सापटी लिन चाहन्छु ूजुन दिन शिक्षाका निम्ति स्कुल खोलियो त्यै दिनदेखी अशिक्षा सुरु भयोू हो यो पुस्ता अघिल्लो पुस्तालाई अशिक्षित देख्छ पाखे देख्छ, यो पुस्तामा देशमा नेपाल् मा अध्ययन गरेर भविष्य राम्रो हुन्छ भन्ने छैन भन्ने न्यारेटिप बिल्डप भएको छ । यो निक्कै खतरापूर्ण छ । नेपालमा डेढ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन् र एक करोड तीस लाखभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । विद्रोही चेतनाका युवाको मनस्थिति र सरकारविरोधी वातावरण निर्माण हुँदै जादा अर्को ठूलो चुनौती भनेको अराजक र पुनरुत्थानवादी आन्दोलनले बृहत् रूप लियो भने त्यसबेला कसले र कसरी यसलाई सम्झौतामार्फत टुग्याउन सक्छ, यो अति गम्भीर प्रश्न छ । हाम्रो महाधिवेशनमा यस्ता बिसयमा समेत आवाज बुलन्द गर्नुपर्ने बेला आएको छ ।
हामीले र दलहरूले आन्दोलन या विद्रोहको सम्भावना छैन भनेर नजरअन्दाज गर्नु राजनीतिक भूल हुनेछ । अहिले सरकार जनताबाट टाढिँदै चुँडिएको चंगा बन्ने सम्भावना बढ्दो छ । राजनीति भनेको सम्भावनाको खेल हो प्रायोजित र पोषित आन्तरिक या बाह्य परिस्थितिको कारण यस्तो सम्भावना भयो भने सबैभन्दा ठूलो प्रहार हामी दल र दलका नेताकार्यकर्ता लाई नै हुनेछ ।
र अन्तमा आशा छ राष्ट्रिय युवा संघ नेपाल को दशौ राष्ट्रिय महाधिवेशन ले यस्ता बिषयको निदान सहितको खाका लिएर नयाँ उर्जाका साथ नया नेतृत्व पाउने छ ।
ध्रुब खड्का (डीवान)
स्थाई कमिटी सदस्य तथा उपाध्यक्ष का प्रत्यासी
तपाइँको प्रतिक्रिया