शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:४७ |सिड्नीको समय: १४:४७ |काठमाडौंको समय: १०:३२

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले गरे उम्मेदवारी दर्ता

एएनजेड खबरअप्रिल २४, २०२२

धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्दै हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै नगरबासीले जिताउनेमा विश्वस्त रहेको बताए।

‘मेरो प्राथमिकतामा पार्टी पर्दैन । दलबाट उम्मेदवारी दिँदा दल र कार्यकर्ता प्राथमिकतामा हुन्छ । मेरो दल नै छैन,’ उनले भने, ‘मेरो प्राथमिकतामा धनगढीवासी हुन् ।’

तपाइँको प्रतिक्रिया