शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३७ |सिड्नीको समय: २०:३७ |काठमाडौंको समय: १६:२२

महाअभियोग सिफारिस समिति गठन (नामसहित)

एएनजेड खबरमार्च ६, २०२२

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ ।
संसदको आइतबार बसेको बैठकले ११ सदस्यीय समिति बनाएको हो । समिति सदस्यहरुमा नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी गुरुङ र रेखा शर्मा छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् । यस्तै एकीकृत समाजवादीबाट कल्याणी खड्का, जनता समाजवादी पार्टीबाट प्रमोद साह र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ सदस्य छन् ।

जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको  थियो । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोगपछि जबरा स्वतः निलम्बित छन् ।

सिफारिस समिति गठन भएसँगै अब महाभियोगको विषय संसदमा प्रवेश भएको छ ।

तपाइँको प्रतिक्रिया