शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:१८ |सिड्नीको समय: १९:१८ |काठमाडौंको समय: १५:०३

विद्युत् प्राधिकरणको ६ महिनामै ६ अर्ब १८ करोड नाफा

एएनजेड खबरफ्रेब्रवरी २१, २०२२

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ  । गत आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १८ करोड रूपैयाँ नाफा कमाएको थियो । भने  यो वर्ष ६ महिनामै १२ अर्ब नाफा कमाएको प्राधिकरणले जनाएको छ ।

चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वाषिर्क घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।

तपाइँको प्रतिक्रिया