शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:२५ |सिड्नीको समय: २१:२५ |काठमाडौंको समय: १७:१०

टीजीएद्वारा एस्ट्राजेनेकालाई बुस्टर डोजको लागि स्वीकृति

एएनजेड खबरफ्रेब्रवरी १०, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियाका १८ वर्षभन्दा माथिका मानिसहरूको प्रयोगका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन ( टीजीए) ले एस्ट्राजेनेका कोभिड– १९ खोपलाई बुस्टर डोजका रूपमा अनुमति दिएको छ।

टीजीएका अनुसार एस्ट्राजेनेकालाई अस्थायी रूपमा अनुमति दिइएको हो । हाल फाइजर र मोर्डनाद्वारा निर्मित खोपहरू बुस्टर डोजका लागि प्राथमिकतामा रहेका छन्। पहिले एस्ट्राजेनेका लगाइसकेकाहरूका लागि पनि फाइजर र मोर्डना खोपहरू नै पहिलो रोजाई हुने बताइएको छ।

तपाइँको प्रतिक्रिया