शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३० |सिड्नीको समय: २०:३० |काठमाडौंको समय: १६:१५

उदयपुरमा सोनाम ल्होछारको अवसरमा बुद्ध पार्क उद्घाटन

एएनजेड खबरफ्रेब्रवरी ३, २०२२

उदयपुर- उदयपुरको कटारी नगरपालिका–५ स्थित भोलेमा तामाङ समुदायले मनाउने सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । 

कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताए ।

राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए ।





तपाइँको प्रतिक्रिया