शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०९ |सिड्नीको समय: १५:०९ |काठमाडौंको समय: १०:५४

आजबाट कोभिडका कारण काम गर्न नसके अष्ट्रेलिया सरकारले हप्ताको ७५० डलर दिने

एएनजेड खबरजनवरी ११, २०२२

अष्ट्रेलिया – आजदेखि कोभिड १९ संक्रमण भएर वा क्लोज कन्ट्याकमा परेर आइसोलेसन तथा क्वारेन्टिन बसेर काम गर्न नसकेमा अष्ट्रेलियन सरकारले पैसा दिने भएको छ । पान्डामिक लिभ डिजास्टर पेमेन्ट शिर्षकमा अष्ट्रेलियन सरकारले आइसोलेसन तथा क्वारेन्टिन बस्नु परेर काम गर्न नसकेमा हप्ताको बढीमा ७५० डलर दिने भएको हो ।

जनवरी १० तारिखभन्दा अघिदेखि कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुले यो शिर्षकमा पैसा पाउनेछन् । तर, त्यसका लागि आइसोलेसन बस्नका लागि सम्बन्धित राज्यको स्वास्थ्य विभागले निर्देशन दिएको हुनुपर्नेछ । आफै सेल्फ आइसोलेसनमा बसेकाहरुले यो सुबिधा पाउनेछैनन् । त्यस्तै स्वास्थ्य विभागबाट क्लोज कन्ट्याक हो भनि क्वारेन्टिनका लागि निर्देशन पाएका व्यक्तिहरुले समेत यो पैसा दाबी गर्न सक्नेछन् । सर्भिस अष्ट्रेलियाको वेवसाइटमा उपलब्ध जानकारी अनुसार आफुले स्याहार गर्ने व्यक्तिलाई कोभिड संक्रमण भयो भने पनि यो सुबिधा लिन सकिन्छ । कोभिड संक्रमण भएको प्रमाणका लागि पिसिआर तथा एन्टिजन टेष्ट जे गरेपनि हुन्छ ।

सर्भिस अष्ट्रेलियाका अनुसार आइसोलेसनमा बसेका सबैले यो सुबिधा पाउदैनन् । क्लोज कन्ट्याक भएपनि स्वास्थ्य विभागको निर्देशन बिनै आफै क्वारेन्टिनमा बस्दा यो पेमेन्ट सुबिधा पाइनेछैन । त्यस्तै आइसोलेसनको समयमा कुनै पनि प्रकारको आम्दानी र तलब साथै अन्य कुनै पनि प्रकारको सरकारी सुविधा तथा कोभिड डिजास्टर पेमेन्ट उपलब्ध छ भने यो सुविधा पाइनेछैन ।

थप जानकारीको लागि सर्भिस अष्ट्रेलियाको यो लिंकमा क्लिक गर्नु होला

https://www.servicesaustralia.gov.au/pandemic-leave-disaster-payment

तपाइँको प्रतिक्रिया